• गृहपृष्ठ
  • क्यु एफ एक्स सिनेमाजको नयाँ मल्टिप्लेक्स अब भक्तपुरमा संचालन

क्यु एफ एक्स सिनेमाजको नयाँ मल्टिप्लेक्स अब भक्तपुरमा संचालन

Nov 9th, 2019

काठमाडौं, २३ कात्तिक 
क्यु एफ एक्स सिनेमाजले भक्तपुरमा आफ्नो पहिलो मल्टिप्लेक्स ठिमीको भाटभटेनीमा लन्च गरेको छ । रिगल सिनेमाज् प्रा. लि. को लगानी रहेको यस हलमा टिम क्वेष्टको व्यवस्थापन रहनेछ ।  नयाँ निर्माण गरिएको थिएटर भक्तपुरको ठिमी स्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा रहेको छ । थिएटरमा डेप्थ क्यु थ्रि डि प्रविधिको प्रयोग गरिएको छ जुन आफ्नो क्षेत्रमा विश्वव्यापी लिडरको रुपमा रहेको छ यसका साथै तीनवटै स्क्रिनहरुमा डल्बी एटोम्स साउण्ड प्रविधि प्रयोग गरिएको छ जसले इन्चेष्ड साउण्ड क्वालिटी  प्रदान गर्छ जसको फलस्वरुप दर्शकहरुले उत्तम अडियो सहितको पूर्ण तथा उत्कृष्ट अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।

नयाँ मल्टिप्लेक्समा क्रेष्टी प्रोजेक्ट सिस्टम पनि रहेको छ जसले पिक्सेलहरुको समायोजन गरी अप्टिमल इमेज क्वालिटी प्रदान गर्छ जसले गर्दा दर्शकहरुले सबैभन्दा इन्चेष्ड सिनेम्याटिक एक्सपिरेन्स गर्न सक्नेछन् । पहिलो पल्ट क्यु एफ एक्स सिनेमाजको थिएटरमा रिक्लाईनर सिटहरुको व्यवस्था गरिएको यो नयाँ मल्टिप्लेक्समा जम्मा ७०२ सिट क्षमता रहेको छ जसमध्ये ४० वटा रिक्लाईनर सिट  रहेका छन् । 

कम्पनीका अनुसार क्यु एफ एक्स सिनेमाजले नयाँ चेनमा आफ्नो मोबाइल एप र लोयालिटी प्रोग्राम गोजी पनि जारी राखेको छ साथै नगद रहित कारोबारको लागि लागि अनलाइन टिकेटिङ सुविधा पनि उपलब्ध रहेको छ । यो नयाँ मल्टिप्लेक्समा किचेन सहितको फुुड कोर्टमा ताजा खानाहरु पनि उपलब्ध हुनेछ । नयाँ मल्टिप्लेक्सको इन्टेरियर निकै नै आधुनिक तथा एलिगेस्ट रहेको छ । यो नयाँ तीन स्क्रिनको मल्टिप्लेक्स संचालन संगै क्यु एफ एक्स सिनेमाजको जम्मा स्क्रिन संख्या २३ पुगेको छ । रिगल सिनेमाज् प्रा. लि. ले नेपालका दुई अरु लोकेशनहरुमा पनि चेन विस्तार गर्ने घोषणा गरेको छ जसमध्ये बुटवलको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु  र विराटनगरको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु पनि तुरुन्तै संचालनमा आउने कम्पनीले जनाएको छ ।