• गृहपृष्ठ
  • भृकुटीमण्डपमा विन्टर फुटवेयर बिजनेस एक्स्पो सुरू

भृकुटीमण्डपमा विन्टर फुटवेयर बिजनेस एक्स्पो सुरू

Nov 9th, 2019

काठमाडौं, २३ कात्तिक 
नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादक तीन उद्योग मिलेर कार्तिक २२ गतेदेखि भृकुटीमण्डपमा विन्टर फुटवेयर बिजनेस एक्स्पो (मेला) सुरु भएको छ । विन्टर फुटवेयर बिजनेस एक्स्पो (मेला) को उद्घाटन प्रदेश ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश ढुंगेलले गरेका थिए । मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री ढुंगेलले हरेक नेपाली जनताको खुट्टामा नेपाली जुत्ता हुनु पर्ने बताए ।

अहिले बर्तमान अवस्थामा ६० प्रतिशत नेपाली जुत्ताले आत्मनिर्भर भएको हुँदा अर्काे वर्ष आउँदा ८० प्रतिशत नेपाली जुत्ताको आत्मनिर्भर भएको सुन्न पाउने अपेक्षा गरे । नेपाली जुत्ता अझ गुणस्तर बनाउनु पर्ने जोड दिदै मन्त्री ढुंगेलले  नीजि क्षेत्रको सहयोगमा समुद्ध नेपालको यात्रामा  सरकार लाग्ने समेत बताए । 

मेलामा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुजका जुत्ताचप्पल रहने छन् । उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अबसर हुने शिखर सुजका  अध्यक्ष  प्रबन्ध निर्देशक एव् मेलका सभापति रामकृष्ण प्रसाइले बताए । मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराउने उतले बताए ।  मेला सीमित अवधिका लागि लगाइने आयोजकको भनाइ रहेकाे थियाे । 

जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा विवाहका सिजनलाइ लक्षित थरीथरीका पार्टी सुज समेत उपलब्ध हुने उनले जानकारी दिए  । 

जाडोको सिजन सुरु भएकाले न्यानो खालका जुत्ता मेलामा राखिने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए । ‘मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध हुने छन्,’ उनले भने । मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अवसर उपभोक्ताले पाउने छन् । मेलामा महिला र पुरुष दुबैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध हुनेछन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुबैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् । जुत्ता उत्पादक कम्पनीले हिउँदंलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध हुने छन् ।