• गृहपृष्ठ
  • सिटिजन लाइफको सिटिजन शुभारम्भ जीवन बीमा योजना सार्वजनिक

सिटिजन लाइफको सिटिजन शुभारम्भ जीवन बीमा योजना सार्वजनिक

Nov 9th, 2019

काठमाडौं, २३ कात्तिक 
ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बीमा योजनाहरु पस्किन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन शुभारम्भ जीवन बीमा नामक नयाँ योजना नेपालीहरु माझ प्रस्तुत गरेको छ । होटल क्राउन इम्पेरियल, रवि भवनमा सम्पन्न एक कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु मनोज कार्की तथा दिपप्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेल र ब्राण्ड एम्बेसेडरद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको उपस्थितिमा उक्त योजना ग्राहकहरुको लागि सार्वजनिक तथा आारम्भ गरिएको हो ।  

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि १० हजार रुपैयाँ बराबरको न्यूनतम बीमाङ्क रकमको बीमा गर्न सकिने यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरीबी मितहरुलाई डबल सुरक्षा प्रदान गर्दछ । यस योजनामार्फत बीमितले साधारण मृत्युमा बीमाङ्कको डबल रकम र दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा रकम प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थायी पूर्ण अशक्तता लाभ, बीमा शुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा तथा ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  

२०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवीनतम जीवन बीमा योजनाहरु ल्याउने क्रममा यसअघि पनि पेन्सनको सुविधा सहितको बीमितको आफ्नै जीवनकालमा बीमाङ्कको डबल प्लस बोनसको व्यवस्था सहितको सिटिजन जीवन सारथी बीमा योजना र उपचार खर्च अब सिटिजन लाईफले गर्छ नारा सहितको सिटिजन क्रिटिकल केयर नामको २० वटा घातक रोग सुरक्षाबीमा योजना प्रचलनमा ल्याएको छ । जस अन्तर्गत सो रोगहरु लागेको सुनिश्चित हुनासाथ रु ५० लाख सम्म कम्पनीले भुक्तानी गर्ने र सो को बिलबिजक नचाहिने कम्पनीले जनाएको छ ।

यसरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी संचालनको छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरुमाझ आफ्नो उपस्थिती सशक्त बनाउन सफल भएको छ । नेपालभर फैलिएको सिटिजन लाईफ इन्स्योरेन्सले १०० वटा कार्यालयहरु मार्फत आफ्ना ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ ।