• गृहपृष्ठ
  • कामना सेवाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

कामना सेवाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

Nov 9th, 2019

काठमाडौं, २३ कात्तिक 
प्रगतिको आधार कामना सेवासँग कारोबार भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकको १३ औं  वार्षिकोत्सव यहि २०७६ साल कार्तिक २७ गते रहेको छ ।आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अर्न्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भएपनि सहयोग हुने अपेक्षा लिई ज्ञानेश्वर स्थित आईएसटी कलेजमा ग्राण्डी इन्टरनेशनल अस्पतालको सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको जस्मा करीब ६८ जना रक्तदाताले रक्तदान गरि सहयोग गरेको बैंकले जानकारी दिएको छ । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०२  वटा शाखा तथा ५० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जानकारी दिएको छ ।