• गृहपृष्ठ
  • एसेक्समा मृत भेटिएका ३९ भियतनामीको सनाखत

एसेक्समा मृत भेटिएका ३९ भियतनामीको सनाखत

Nov 9th, 2019

लण्डन, कात्तिक २३ (रासस/एएफपी)

गत महिना लण्डनको दक्षिणपूर्वमा रहेको एसेक्समा मृत भेटिएका सबै भियतनामी नागरिकको सनाखत भएको  बेलायतको प्रहरीले शुक्रबार जनाएको छ ।

मृतकमध्ये दुई जनाको उमेर १५ वर्ष रहेको र अधिकांश युवाहरूलाई रहेका थिए । रोजगारीको प्रलोभनमा बेलायत लाने क्रममा उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भनिएको थियो । 

उनीहरू अक्टोबर २३ मा एसेक्सको एक पार्कभित्र मृत भेटिएका थिए । 

मानव तस्कर गर्न खोजेको आशंकामा लरी चालक आयरल्यान्डका नागरिकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ । उनी पक्राउ परेको दुई साता बित्दा पनि प्रहरी कुनै निष्कर्षमा पुग्न सकेको छैन । 

सो विषयमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठजनालाई पक्राउ गरेको छ । लरीमा मारिएकामध्ये ३१ पुरुष र आठ महिलाको रहेको बेलायती अधिकारीले जनाएका छन् । मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको जनाइएको छ ।