• गृहपृष्ठ
  • अमेरिकाले चिनियाँ सामानमा डिसेम्बरमा गर्ने भनेको करवृद्धि स्थगित हुनसक्ने

अमेरिकाले चिनियाँ सामानमा डिसेम्बरमा गर्ने भनेको करवृद्धि स्थगित हुनसक्ने

Nov 9th, 2019

वासिङटन, २३ कात्तिक (रासस/एएफपी)

संयुक्त राज्य अमेरिकाले चिनियाँ सामानमा यही डिसेम्बरदेखि गर्ने भनेको करवृद्धि स्थगित हुनसक्ने अमेरिकाले जनाएको छ ।

अमेरिका र चीनबीच भएको व्यापार वार्तामा प्रगति भएको सङ्केत गर्दै डिसेम्बरदेखि गर्ने भनेको करवृद्धि स्थगित हुने सङ्केत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख व्यापार सल्लाहकार पिटर नाभारोले शुक्रबार दिनुभएको हो ।

उहाँले भन्नुभयो, “अहिले अमेरिका र चीनको वार्ताको प्राथमिकतामा डिसेम्बरमा चिनियाँ सामानमाथि गर्ने भनिएको करवृद्धि रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि यही डिसेम्बर १५ देखि गर्ने भनिएको करवृद्धि हाललाई स्थगित गर्ने सम्भावना बढेको छ ।”