• गृहपृष्ठ
  • नगद १ हजार दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

नगद १ हजार दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Nov 8th, 2019

काठमाडौं, २२ कात्तिक
काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं कपन बस्ने उदयपुर त्रियुगा नगरपालिका-३ घर भएका २९ वर्षीय देव कुमार राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

मादक पदार्थ सेवन गरी प्रदेश नम्बर ३-०२-००९ प ५१५६ नम्बरको मोटरसाइकल चलाएको अवस्थामा उनलाई प्रहरीले फेला पारी कारवाही गर्ने क्रममा चालक राईले प्रहरीलाई उक्त नगद दिन खोजेपछि नगद सहित उनलाई नियन्त्रणमा लिएको हो ।

   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।