• गृहपृष्ठ
  • धारिलो हतियार प्रहार गरी आफ्नै दाजुलाई घाइते बनाएको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी आफ्नै दाजुलाई घाइते बनाएको अभियोगमा पक्राउ

Nov 8th, 2019

सिन्धुली, २२ कात्तिक

आफ्नै दाजु ६१ वर्षीय जगत बहादुर तामाङलाई धारिलो हतियार तरवार प्रहार गरी घाइते बनाएको अभियोगमा हरिहरपुरगढी गाउँपालिका-८ पर्ता बस्ने ५८ वर्षीय पूर्ण बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
सामान्य बिवादको कारण पूर्ण बहादुरले तरवार प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते जगत बहादुरलाई उपचारको लागि नमूना अस्पताल हरिवन लगिएको र अवस्था गम्भीर रहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।