• गृहपृष्ठ
  • लक्ष्मी बैंक र तिलगंगा आँखा हस्पिटलबिच सम्झौता

लक्ष्मी बैंक र तिलगंगा आँखा हस्पिटलबिच सम्झौता

Nov 8th, 2019

काठमाडौं, २२ कात्तिक 
लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबिच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारका लागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङ्गले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेकी हुन् । 

सम्झौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिकरुपले विपन्न पृष्ठभुमिका बालबालिकाहरुको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा) को पहिचान र उपचारका लागि पाँच लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गर्नेछ । रटिनो ब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो जुन सामान्यतया नवजात शिशु र पाँच वर्षसम्मका बालबालिकामा देखा पर्दछ । विश्वभर १५००० नवजात शिशु मध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ । यो रोग समयमा पत्ता लागेमा ज्यान मात्र होइन आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिहरुको विकास भएको छ । नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापि, लेजर थेरापि, प्लेग ब्राकि थेरापि, शल्यक्रियालगायतका प्रविधिहरुबाट यो रोगको उपचार सुरु गरेको छ ।

सुस्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पु¥याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारका लागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो । बैंकले आफ्ना शाखा एवं आइटि च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका नेपाल अधिराज्यभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।