• गृहपृष्ठ
  • नेपाल बैंकको नाफा ५८ करोड १८ लाख रुपैयाँ

नेपाल बैंकको नाफा ५८ करोड १८ लाख रुपैयाँ

Nov 8th, 2019

काठमाडौं, २२ कात्तिक 
नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ५८ करोड १८ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आ.व.को सोही अवधिमा बैंकको यस्तो मुनाफा  ९१ करोड ३८ लाख ८४ हजार रुपैयाँ रहेको थियो । 

चुक्ता पुंजी नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको बैंकले चालुु आ.व.को पहिलो त्रैमासिक अवधिमा एक खर्ब १४ अर्ब ७९ करोड ८२ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ६५ करोड ९२ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जनाएको छ । सो अवधिमा एक अर्ब ३२ करोड ८२ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा ६ करोड ५६ लाख ६५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७५ प्रतिशत रहेको छ । 

बैंकका अनुसार गत आ.व.को सोही अवधिमा बैंकले एक खर्ब १७ अर्ब २० करोड सात लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४१ करोड ४० लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३६ करोड ९९ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकका एक दशमलव पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।