• गृहपृष्ठ
  • हजारौँ विद्यार्थीद्वारा लेबनानका सडकमा प्रदर्शन

हजारौँ विद्यार्थीद्वारा लेबनानका सडकमा प्रदर्शन

Nov 8th, 2019

बेरुत, २२ कात्तिक (रासस/एएफपी)

चार हप्ता अघिदेखि आन्दोलनमय भएको लेबनानमा बिहीबार हजारौ विद्यार्थीहरूले सडकमा प्रदर्शन गरेका छन् । 

सरकार विरुद्ध देशभरी नै उनीहरुले सडकमा प्रदर्शन गरेको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् ।
  
सुनौलो भविष्य, पर्याप्त रोजगारी, विकृती विसंगतीको अन्त्य, भ्रष्टाचार न्युनीकरण, मूल्य वृद्धि नियन्त्रण, गुणस्तरीय सरकारी सेवालगायतका माग राख्दै लेबनानमा गत चार हप्तादेखि आन्दोलन भइरहेको हो । 

उनीहरुले अहिलेका शासक खराब रहेको भन्दै सरकार परिवर्तन गर्नु पर्ने माग पनि राखेका छन् । 

बिहीबारको प्रदर्शनमा सहभागीहरूले विद्यालयको झोला बोकेका थिए भने प्रदर्शनको अग्रपंक्तिमा महिलाहरू रहेका थिए । 

प्रदर्शनमा सहभागीहरू विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू रहेको समाचारमा जनाइएको छ । उनीहरुले लेबनानको राष्ट्रिय झण्डा फहराएका थिए भने सडक अवरुद्ध गरेका थिए ।