• गृहपृष्ठ
  • मलेसियामा अचानक बेहोस भएर एक नेपालीको मृत्यु

मलेसियामा अचानक बेहोस भएर एक नेपालीको मृत्यु

Nov 8th, 2019

राजविराज, २२ कात्तिक (रासस)

सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । 

मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित  जिलियन क्रेसियन कम्पनीमा कार्यरत  यादव  ड्युटीमा जानका लागि  तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ  ।  

यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल  सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न  निकायलाई आग्रह गरिएको छ । दुई वर्षअगाडि  यादव  रोजगारीको सिलसिलामा मलेसिया गएको  थियो ।