• गृहपृष्ठ
  • ठगीको आरोपमा व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योति विमानस्थलबाट पक्राउ

ठगीको आरोपमा व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योति विमानस्थलबाट पक्राउ

Nov 8th, 2019

काठमाडौँ, २२ कात्तिक (रासस)

ठगी आरोपमा पूर्वअर्थ सहायकमन्त्री एवं  व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार साँझ पक्राउ गरेको हो । काठमाडौँ प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले व्यवसायी ज्योति पक्राउ परेको राससलाई जानकारी दिनुभयो । उहाँलाई  महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उहाँमाथि लागेको छ ।