• गृहपृष्ठ
  • भ्रष्टाचार, बेतिथी र बिकृतीको विरुद्धमा अभिमत प्रकट गर्न राप्रपालाई भोट: कमल थापा

भ्रष्टाचार, बेतिथी र बिकृतीको विरुद्धमा अभिमत प्रकट गर्न राप्रपालाई भोट: कमल थापा

Nov 7th, 2019

पोखरा, २१ कात्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा ब्याप्त भ्रष्टाचार , विकृती र विसंगतिको विरुद्ध अभिमत प्रकट गर्न आउँदो उपनिर्वाचनमा राप्रपालाई सघाउन जनता समक्ष आग्रह गरेका छन् । आज कास्की-२ को मनोनयन दर्ता गर्नु अघि आयोजित सभालाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता संकटमा रहेको , प्रजातन्त्र माथी कालो बादल लागेको भन्दै थापाले मुलुकको स्वाधिनताको रक्षाको लागि राष्ट्रवादी शक्तीलाई जनताले छनौट गर्नुपर्ने बताए ।

एक सिटको कारण अहिले मुलुकको राजनीतिक समीकरणमा ठुलो फरक नपरेता पनि पोखरेलि जनताले दिने सन्देश महत्वपूर्ण हुने विचार व्यक्त गरे । भ्रस्टाचारले मुलुक थिलथिलो भएको, युवा जति मलेशिया र खाडी मुलुक भासिएको, शान्ती सुरक्षा कमजोर रहेको, आर्थिक विकास गफमा सिमित भएको भन्दै थापाले अकर्मण्यतालाई चेतावनी दिन जनताले पार्टी राजनिती भन्दा माथी उठेर निर्णय गर्नुपर्ने आवश्यकता औल्याए । सत्ता र शक्तिको निमित्त आत्मसमर्पणवादी मानसिकता हावी भएकोमा थापाले चिन्ता प्रकट गरे ।

कार्यक्रममा कास्की-२ का उम्मेदवार रोम बहादुर भण्डारीले कास्किका जनताको माया र विश्वास पाए इमान्दारी पुर्बक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उम्मेदवारी दर्ता गर्न जानू अघि अध्यक्ष थापाले उम्मेदवार भण्डारीलाई बधाई शुभकामना दिदै दुबोको माला लगाईदिएका थिए । र्‍यालीमा पार्टीका नेताहरु राजिब पराजुली, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, चन्द्रबहादुर गुरुङ्ग, मदन कार्की, राजाराम बर्तौला लगायतका नेताहरु सहभागी थिए ।