मृत अवस्थामा फेला

Nov 7th, 2019

काठमाडौं, कात्तिक २१
सिरहाको सिरहा नगरपालिका १२ गमरीयास्थित कमला खोलामा हाल नाम, थर र वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । 

बाजुराको बडिमालिका नगरपालिका ९ बसपार्कमा ना.६ ख १७९२ नम्बरको बसमा सवार हिमाली गाउँपालिका ७ बाधु बस्ने ५० वर्षीय दल बहादुर शाही सोही बसको सिटमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन्  । 


बाँके, खजुरा गाउँपालिका ६ सिमलघारी दशबिगाह बस्ने ३९ वर्षीया माया सार्की आफ्नै सुत्ने कोठामा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् । यस सन्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।