बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

Nov 7th, 2019

उदयपुर, कात्तिक २१
चौदण्डीगढी नगरपालिका ७ गोरेटो लाईनस्थित सडकमा ना.४ ख ८१३४ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही नगरपालिका ८ बस्ने ६० वर्षीया नम्रता थापालाई उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सन्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।