• गृहपृष्ठ
  • अब विज्ञापन एजेन्सी पनि सामाजिक सुरक्षा कोषमा जोडिनुपर्ने

अब विज्ञापन एजेन्सी पनि सामाजिक सुरक्षा कोषमा जोडिनुपर्ने

Nov 7th, 2019

काठमाडौं, २१ कार्तिक 
अब विज्ञापन एजेन्सी पनि सामाजिक सुरक्ष कोषमा जोडिनु पर्ने भएको छ । सरकारले सबै विज्ञापन एजेन्सीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशन दिएको छ । कोषले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था बाध्यकारी भएको उल्लेख गर्दै त्यसमा आवद्ध नहुने विज्ञापन एजेन्सीहरुलाई सरकारी विज्ञापन समेत नदिने निर्णय गरिएको पनि स्पष्ट पारेको छ । 

बिहीबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा कोष अभिमुखिकरण’ कार्यक्रममा बोल्दै कोषकी प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका कुनै पनि संस्थाको नविकरण नगर्ने बताइन् । उनले त्यस्ता सरकारबाट हुने कुनै पनि सेवा र सुविधा समेत नदिने तयारी गरिएको पनि उल्लेख गरिन् । 

कोषले रकम अभावमा परेका संस्थाहरुलाई भने सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सहजता प्रदान गर्ने पनि जनाएको छ ।