प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

Nov 7th, 2019

धनगढी,२१ कात्तिक (रासस)

सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख शर्मिलाकुमारी पन्तले आज प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।   पदभार ग्रहण गरेपछि कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै पन्तले प्रचलित कानूनअनुसार आफूले पाएको जिम्मेवारी र कर्तव्य पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
 
उहाँले भन्नुभयो,“सबैको सहयोग प्राप्त हुनेछ ।” यसअघि उहाँ प्रदेश प्रमुखको कार्यालयका पुग्दा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका उपसभामुख, र सदस्य, प्रमुख सचिव र अन्य सचिव, प्रदेश प्रमुखको कार्यालयका कर्मचारीलगायतले स्वागत गर्नुभएको थियो ।