जिपको ठक्करबाट मृत्यु

Nov 7th, 2019

नवलपरासी(पूर्व),२१ कात्तिक

देवचुली नगरपालिका-१७ स्थित सडकमा हाल नम्बर नखुलेको बलेरो जिपले लु.४१ प २९३९ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हालनाम, थर,वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पाल्पा घर भएका २० वर्षीय राजेश नेपालको पुरानो मेडिकल कलेजमाउपचार भइरहेको छ । 
फरार जिप र चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।