• गृहपृष्ठ
  • सासुद्धारा आफ्नै ज्वाईमाथि खुुकुुरी प्रहार :सासुु पक्राउ, ज्वाई अस्पताल

सासुद्धारा आफ्नै ज्वाईमाथि खुुकुुरी प्रहार :सासुु पक्राउ, ज्वाई अस्पताल

Nov 7th, 2019

दाङ, कात्तिक २१
शान्तिनगर गाउँपालिका ३ बस्ने आफ्नै ज्वाई ३१ वर्षीयगणेश चन्दलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा घोराही उपमहानगरपालिका १० नारायणपुर बस्ने उनकी सासुआमा ४१ वर्षीया मधु कुमारी मल्ललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

गणेश चन्द र उनकी श्रीमती ससुराली गएको अवस्थामा श्रीमान श्रीमती बीच सामान्य बिबादको बिषयलाई लिएर मधु कुमारीले ज्वाईलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्तहुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले मधु कुमारीलाई पक्राउ गरेको हो । गम्भीर घाइते अवस्थामा रहेका चन्दलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएकोमा थप उपचारको लागि नेपालगञ्ज बाँके रिफर गरिएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।