• गृहपृष्ठ
  • निक्षेप तथा कर्जा प्रवाहको नाउँमा ठगी गर्ने अभियुक्त पक्राउ

निक्षेप तथा कर्जा प्रवाहको नाउँमा ठगी गर्ने अभियुक्त पक्राउ

Nov 7th, 2019

काठमाडौं, २१ कात्तिक 
ठगी मुद्दाका फरार कसुरदार चितवन भरतपुर बस्ने काठमाडौं साङ्ला घर भएका ३२ वर्षीय रबिन्द्र अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको  २०७३ असोज ४ गतेको फैसलाले एक बर्ष कैद र २६ लाख ७५ हजार रुपैयाँ जरिवाना ठहर भई सजाय वेरुजु रही फरार भएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।

अधिकारीले काठमाडौं गोगंबुमा संचालक समितिका सचिव भै बचत तथा मुद्दती खातामा आकर्षक ब्याज  दिन्छु भनी प्रचारप्रसार गरी बैकिङ्ग कारोवार संचालन गरेको थिए । अधिकारी लगायत अन्य संचालकहरुले सहकारीका सदस्य बाहेका व्यक्तिहरु समेतसँग नेपाल राष्ट्र बैंकको स्वीकृती नलिई निक्षेप संकलन तथा कर्जा प्रवाह गरेपछि निक्षेप भुक्तानी दिन नसकी कार्यालय बन्द गरी फरार भएका थिए । अधिकारीलाई जिल्ला अदालत चितवन मार्फत कैद भुक्तानका लागि कारागार पठाइएको उक्त ब्यूरोले जनाएको छ ।