च्याम्पियन्स लिगको नकआउटमा युभेन्टस

Nov 7th, 2019

काठमाडौँ, २१ कात्तिक

युभेन्टस च्याम्पियन्स लिग फुटबलको नकआउटमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा युभेन्टसले लोकोमोटिभ मस्कोलाई २–१ गोल अन्तरले पराजित गर्दै  नकआउटमा प्रवेश गरेको छ ।

युभेन्टसको जितमा ड्युग्लास कोस्टा र आरोन राम्सीले गोल गरे । यता, मस्कोका लागि एलेक्सी मिरान्चुकले गोल गरे ।

खेलको तेस्रो मिनेटमा आरोन राम्सेले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा मिरान्चुकले गोल गरेपछि पहिलो हाफसम्म खेल १–१ गोलको बराबरीमा सकिएको थियो । तर खेलको  ७० औं मिनेटमा मैदान छिरेका डग्लस कोस्टाले अन्तिम समयमा गोल गर्दै युभेन्टसलाई २–१ गोलको जित दिलाए ।

समूह ‘डी’ मा रहेको युभेन्टसले चार खेलबाट १० अंक बनाउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

बुधबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिड बायर लिभरकुसेनसँग २–१ गोल अन्तरले पारजित भएको छ । एथ्लेटिको मड्रिडका थोमस पार्टएले आत्मघाती गोल गरेपछि लिभरकुसेनले तेस्रो मिनेटमै अग्रता लिएको थियो । केभिन भोलान्डले ५५ औं मिनेटमा गोल संख्या दोब्बर बनाए ।अल्भारो मोराटाले इन्जुरी समयमा एक गोल फर्काए पनि मड्रिडलाई जिताउन भने सकेनन् ।