• गृहपृष्ठ
  • रोड्रिगोको ह्याट्रिकमा रियल मड्रिडको जित

रोड्रिगोको ह्याट्रिकमा रियल मड्रिडको जित

Nov 7th, 2019

काठमाडौँ, २१ कात्तिक

च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडले  टर्किस क्बल गलातासारेलाई पराजित गरेको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले  गालातासारेलाई  ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । रियलको जितमा रोड्रिगोले ह्याट्रिक  गरेका थिए । त्यस्तै, करिम बेन्जिमाले २ तथा सर्जियो रामोसले एक गोल गरेका थिए ।

मड्रिडले रोड्रिगोको गोल मार्फत खेल सुरु भएको चौथो मिनेटमै अग्रता बनाएको थियो ।  सातौं मिनेटमा रोड्रिगोले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल थपेका थिए ।खेलको १४औं मिनेटमा कप्तान रामोसले पेनाल्टीबाट गोल गर्दै ३–० गोलको अग्रता दिलाए । खेलको ४५ मिनेटमा बेन्जिमाले गोल गरेसँगै रियल पहिलो हाफसम्ममा ४–० गोलले अघि रहेको थियो ।

पहिलो हाफमा ४–० गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप दई गोल गर्न सफल भयो । खेलको  ८१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरे भने रोड्रिगोले इन्जोरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेसँगै रियललाई पनि ६–० गोलको जित दिलाए । समूह ए अन्तर्ग नै बुधबार राति भएको अर्को खेलमा पीएसजीले अपराजित यात्रा कायमै राखेको छ । पीएसजलीले क्लब व्रुगीलाई १–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा इकार्डी रिभेरोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।