चन्द समूह छाडेर नेकपामा

Nov 6th, 2019

डोटी, २० कात्तिक (रासस)

नेत्रविक्रम चन्दले नेतृत्व गरेको समूहका डोटी जिल्ला कमिटी सदस्य भूपेन्द्रबहादुर शाह उक्त पार्टी छाडेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नु भएको छ ।

नेकपामा प्रवेश गरेका शाहलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज डोटीको दिपायलमा आयोजना गरिएको एक कार्यक्रममा फूलमाला लगाएर पार्टी प्रवेश गराउनु भएको मुख्य मन्त्रीका सहायक स्वकीय सचिव प्रेमबहादुर कुँवरले जानकारी दिनुभयो ।

त्यस्तै सोही कार्याक्रममा नेपाली काङ्ग्रेस, राष्ट्रिय जनमोर्चा लगायतका पाटी परित्याग गरी ५० नेता तथा कार्यकर्ताले नेकपा प्रवेश गरेको नेकपाका क्षेत्रीय कमिटी सदस्य खगेन्द्रबहादुर साउदले जानकारी दिनुभयो । पार्टी प्रवेश गरेकालाई मुख्यमन्त्री भट्टले स्वागत गर्नुका साथै शपथसमेत खुवाउनु भएको बताइएको छ ।