ताजकिस्तानमा झडप, सत्रको मृत्यु

Nov 6th, 2019

डुशान्बे, ताजकिस्तान, २० कात्तिक (रासस/एएफपी)

उज्बेकिस्तानको सिमानामा रहेको ताजकिस्तानको एक जाँचचौकीमा बुधवार बिहान सरकारी फौजको कारबाहीमा १५ जना लडाकू मारिएका ताजकिस्तानको सरकार स्रोतले जानकारी दिएको छ । 

उक्त झडपमा परी एक प्रहरी र एक सैनिकको पनि मृत्यु भएको छ । आक्रमण र त्यसपछिमा  झडपमा  सशस्त्र समूहका चार सदस्य पक्राउ परेका सुरक्षा स्रोतले जानकारी दिएको छ ।