• गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा करिव ४ लाख रुपैया बराबरको चोरीनिकासीको व्याट्री बरामद

एपीएफ टोलीद्वारा करिव ४ लाख रुपैया बराबरको चोरीनिकासीको व्याट्री बरामद

Nov 6th, 2019

सप्तरी, कात्तिक २०
सप्तरी जिल्लाको बलान बिहुल गाँउपालिका ४ स्थित कुशाहाबेली भित्री सडक खण्डबाट कार्तिक १९ गते एपीएफ टोलीले करिव ४ लाख रुपैया बराबरको चोरीनिकासीको व्याट्री बरामद गरेको हो ।

स.१ त ६९५ नम्वरको ट्याक्टरमा राखेर अवैध रुपले नेपालबाट भारततर्फ लैजादै गरेको उल्लेखित मूल्य बराबरको १२ भोल्ट पुरानो व्याट्री सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसबेला एपीएफ सो ट्याक्टर समेत बरामद गरेको हो ।