• गृहपृष्ठ
  • बैंक अफ काठमाण्डूका कार्ड धनीग्राहकहरुलाई जनरल हस्पिटल एण्ड ट्रमा सेन्टरमा छुट

बैंक अफ काठमाण्डूका कार्ड धनीग्राहकहरुलाई जनरल हस्पिटल एण्ड ट्रमा सेन्टरमा छुट

Nov 6th, 2019

काठमाडौं, २० कात्तिक 
बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्डधनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । कार्तिक १९ गते भएको समझौता अन्र्तगत बैंक अफ काठमाण्डूूका ग्राहकहरुले आफ्नो कार्ड मार्फत बिराटनगर स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरमा १५ प्रतिसतसम्म छुटको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

बैंकका तर्फबाट अमर राजभण्डारी र हस्पिटलका तर्फबाट जय प्रकाश रायले सम्झौतामा हस्ताक्षर गरेका थिए । हाल बैंक अफ काठमाण्डूले ८० वटा एटिएम, ८७ वटा शाखा र ९ वटा एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहलाई बैंकिक सुविधा प्रदान गरिरहेको जनाएको छ ।