• गृहपृष्ठ
  • अपहरणकारीलाई गोली हानी अपहरित बालकको उद्दार

अपहरणकारीलाई गोली हानी अपहरित बालकको उद्दार

Nov 6th, 2019

काठमाडौ, कात्तिक २०
अपहरणकारी पक्राउ गरी अपहरित बालकको शकुसल उद्दार गर्न पर्सा प्रहरी सफल भएको छ । मिति २०७६।०७।१० गते जि.पर्सा बि.म.न.पा.२५ सिर्सिया घर भई हाल छोरा सहित काभ्रे जिल्ला स्थित बनेपामा बस्दै आएका अम्जद खानको छोरा अं.बर्ष १४ को बालक बनेपाबाट पर्सा स्थित घर आउने  क्रममा अचानक बेपत्ता भएकोमा निज बालकले नै प्रयोग गर्ने मोबाईल नम्बरबाट अपहरित बालकको बुबासँग १२ लाख रुपैया फिरौती माग गरी नदिएमा बालकको हत्या समेत गर्ने बारम्बार धम्की दिई रहेको थियो । 

उक्त घटनामा आज आज मिति २०७६।०७।२० गते अं.०१ः१५ बजेको समयमा अपहरणकारी मो.सा.मा भारतबाट नेपाल तर्फ बि.म.न.पा. वडा न.२५, सिर्सिया, खलवा टोला स्थित अपहरित बालकको बुबासँग फिरौती रकम लिन आउने क्रममा अपहरित बालकको बुबालाई पेस्तोल देखाई झोला खोसी भाग्न खोज्दा तत्काल अपहरणकारी नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली निज अपहरणकारीको दाहिने खुट्टाको घुँडामुनिको भागमा लाग्न गई घाईते भएको र अपहरित बालक अज्ञात स्थलबाट शकुसल उद्दार गर्न प्रहरी सफल भएको हो । घाईते अपहरणकारीलाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ । 

उक्त १४ वर्षिय बालकको अपहरण जि. पर्सा पोखरीया न.पा ६ सोनवरी बस्ने जोख्खु दासको छोरा अं.बर्ष २० को राज कुमार दासले गरेको र अपहरणमा संलग्न अन्य २ जना फरार रहेको प्रारंभिक अनुसन्धानबाट खुल्न आएको साथै अपहरणकारी तथा घटनास्थलबाट निम्नानुसार सामान बरामद गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ  ।