च्याम्पियन्स लिगमा लिभरपुलको जित

Nov 6th, 2019

काठमाडौँ, २० कात्तिक

डिफेन्डिङ च्याम्पियन लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा  लिभरपुलले केआरसी जेंकलाई २–१ गोलअन्तरले पराजित गरेको हो । जितसँगै लिभरपुल नकआउट चरण सहज बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा  लिभरपुललाई जित दिलाउन  जर्जिन्हो विजनाल्डम र एलेक्स अक्सलेड चेम्बरलिनले एक–एक गोल गरेका थिए । उता जेंकका लागि समटाले एक गोल गरे ।

खेलको १४ औं मिनेटमा नै जर्जिन्हो विजनाल्डमले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ४० औं मिनेटमा समटाले गोल गरेपछि पहिलो हाफसम्म लिभरपुल र जिंकले १–१ गोलको बराबरी खेलेका थिए ।

पहिलो हाफ एक–एक गोलको बराबरी खेलेको लिभरपुलले  ५३ औं मिनेटमा एलेक्सले गोल गर्दै लिभरपुललाई २–१ गोलको अग्रता दिलाए ।बाँकी समयमा लिभरपुलले जिंकलाई रोक्दै २–१ गोलको जित हात पारेको हो ।

 जितसँगै समूह ‘ई’मा रहेको लिभरपुलले चार खेलबाट ९ अंक जोडेको छ । लिभरपुल शीर्ष स्थानमा छ । जेन्क एक अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ ।