घरेलु मैदानमा बार्सिलोनाको बराबरी

Nov 6th, 2019

काठमाडौँ, २० कात्तिक

स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा बराबरी खेलेको छ । 

मंगलबार राति आफ्नो घरेलु मैदानमा खेलिएका पछिल्ला ४६ खेलमा पहिलोपटक गोल गर्न नसक्दा बार्सिलोना स्लाभिया प्रागसँग गोलरहित बराबरीमा रोकिएको  हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा पनि गोल गर्न सकेन ।

खेलमा  बार्सिलोनाले  राम्रो अवसर पाए पनि गोल गर्न नसक्दा अंक बाँढेको हो ।

बार्सिलोना फेब्रुअरी २०१८ यता घरेलु मैदानमा यसरी गोलबिहिन बनेको पहिलो पटक हो।

बराबरी पछि पनि समूह एफमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । ४ खेलपछि बार्साको ८ अंक रहेको छ ।पराजित प्रागको २ अंक छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ७ अंक छ । डर्टमण्ड तालिकाको दोस्रो स्थानमा छ ।