• गृहपृष्ठ
  • गोरखा भूकम्पपछि ४ रेक्टर स्केलमाथिका ५३५ परकम्प

गोरखा भूकम्पपछि ४ रेक्टर स्केलमाथिका ५३५ परकम्प

Nov 5th, 2019

काठमाडौँ, १९ कात्तिक (रासस)

गोरखा भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा माथिका ५३५ परकम्प गएका  छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  २०७२ वैशाख १२ गते गएको भूकम्पपछि चार रेक्टरस्केल माथिका ती परकम्प गएका हुन् ।  
    
केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराई नेपाल भूकम्पको उच्च जोखिमको क्षेत्र भएको बताउनुहुन्छ । “ठूलो भूकम्पपछि बेलाबेलामा आउने परकम्पका कारण ठूलो भूकम्पको जोखिम कम हुन्छ”, उहाँले भन्नुभयो । चार रेक्टरस्केलभन्दा साना ५० हजारभन्दा बढी परकम्प गएको भट्टराईले बताउनुभयो । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको सो भूकम्पले काठमाडौँ उपत्यका, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, धादिङ, गोरखा, नुवाकोट, रसुवा, दोलखा, मकवानपुर, चितवन, रामेछाप, ओखलढुङ्गालगायत जिल्लामा क्षति पु¥याएको थियो । 
    
भूकम्पबाट थुप्रै ऐतिहासिक तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै आठ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । पछिल्लो समय मुलुकको पश्चिमी क्षेत्रमा चार रेक्टरस्केलभन्दा माथिको भूकम्प गएको केन्द्रले जनाएको छ ।