• गृहपृष्ठ
  • सुकुटे बस दुर्घटनाः सात जनाको सामूहिक दाहसंस्कार

सुकुटे बस दुर्घटनाः सात जनाको सामूहिक दाहसंस्कार

Nov 5th, 2019

मेलम्ची, १९ कात्तिक (रासस)

अरनिको राजमार्गअन्तर्गत  सुकुटेमा भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये सात जनाको आज सामूहिकरुपमा दाहसंस्कार गरिएको छ । उनीहरुको बाह्रबिसेस्थित भोटेकोशी नदीमा दाहसंस्कार गरिएको हो ।

दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटीका पाँच,  शैलुङ माइत भएकी त्रिपुरासुन्दरी गाउँपालिकाकी एक महिला तथा उनको छोराको यहाँ सामूहिकरुपमा दाहसंस्कार गरिएको हो । शैलुङ गाउँपालिका–५ का रिकेश खडका, रत्नकुमारी राउत, उनका छोरा किरण, कविता राउत, रञ्जिता केसी, चमेली श्रेष्ठ र उनकी छोरी सायरानीको  श्रेष्ठको सामूहिकरुपमा दाहसंस्कार गरिएको सो गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । उक्त दुर्घटनामा मृत्यु भएका केही यात्रुको भने आफन्त नआएका कारण दाहसंस्कार हुन नसकेको उहाँले बताउनुभयो । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस सुनकोशी नदीमा खसेको हो ।