• गृहपृष्ठ
  • एनएमबि बैंकको गण्डकी प्रदेश केन्द्रीत ‘एनएमबि समृद्ध गण्डकी बचत’ सार्वजनिक

एनएमबि बैंकको गण्डकी प्रदेश केन्द्रीत ‘एनएमबि समृद्ध गण्डकी बचत’ सार्वजनिक

Nov 5th, 2019

काठमाडौं, १९ कात्तिक 
एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकबीच भएको बृहत मर्जरका अवसरमा गण्डकी प्रदेशका ग्राहकहरूलाई विशेष लक्षित गरेर नयाँ बचत खाता ‘एनएमबि समृद्ध गण्डकी बचत’ को घोषणा गरेको छ । एनएमबि र ओमबीचको संयुक्त कारोबार ११ असोज २०७६ बाट सञ्चालन भइसकेको बैंकले जनाएको छ ।

बैंकका अनुसार यो बचत खाताले खातावालाको श्रीमान/श्रीमती र निजको दुई जनासम्म बालबालिकाका लागि १ लाख रुपैयाँ सम्मको औषधी उपचार बिमा र थप १० लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बिमा सहितका आकर्षक विशेषताहरूको प्याकेज उपलब्ध गराउने छ ।

यस खातामा एनएमबि डिलाइट डेबिट कार्ड पनि उपलब्ध गराइनेछ, जसबाट देशभरिका कुनै पनि बैंकका एटीएमबाट निःशुल्क रकम झिक्न सकिनेछ । यो बचत खाताअन्तर्गत विभिन्न बिक्री केन्द्रहरूमा एनएमबि डिलाइड डेबिट र क्रेडिट कार्डबाट छुट प्राप्त गर्न सकिने र एनएमबि बैंकबाट घर कर्जा सुविधा लिँदा ब्याजदरमा १ प्रतिशतको छुटसहितका अन्य लाभहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।