• गृहपृष्ठ
  • सानिमा बैंकको दीर्घायु बचत तथा तलब खाता सुरु

सानिमा बैंकको दीर्घायु बचत तथा तलब खाता सुरु

Nov 5th, 2019

काठमाडौ, कात्तिक १९
सानिमा बैंकले बचत कर्ताहरुका लागि स्वास्थ्यपरिक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता ल्याएको छ । यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुवाट ग्राहकले रु. ५ हजारको बार्षिक स्वास्थ्य परिक्षण सुविधा लिन सकिने छ । साथै, नेपाल र भारतमा हुने उपचारमा रु. १ लाख सम्मको औषधि उपचार बीमा सुविधा लिन सकिने छ । त्यसै गरी, यदी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ २० लाख बीमा रकम दावी गर्न सकिने छ ।

यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको तीन लाख रुपैया बीमा तथा २५ हजार रुपैयाँको मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ । बंैकले आफ्ना ग्राहकहरुका लागि उपयुक्त हुने बिभिन्न योजनाहरु समयानुकुल रुपमा प्रदान गर्दै आइरहेको छ । बंैकको हाल ७९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।