• गृहपृष्ठ
  • सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

Nov 5th, 2019

काठमाडौं, कात्तिक १९
गोकर्णेश्वलर नगरपालिका ५ गोठाटार पुल छेउबाट फाइन गोल्ड ९९९.९. वाई. १७५२७७ लेखिएको सुन जस्तो देखिने पहेंलो धातु एक केजीसहित भक्तपुर ठिमी बस्ने रामेछाप खाडादेवी गाउँपालिका ९ घर भएका २९ वर्षीय बिशाल लामालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।