• गृहपृष्ठ
  • कल्प चक्की पिठोद्धारा उपहार योजना सार्वजनिक

कल्प चक्की पिठोद्धारा उपहार योजना सार्वजनिक

Nov 5th, 2019

काठमाडौ कात्तिक १९
गोल्छा समुहको ‘कल्प’ ब्राण्डको शूद्घ गहंँुको चक्की पिठोको ५ के.जी.का प्याकेटहरुमा विशेष उपहार योजना सञ्चालनमा ल्याएको छ । 

योजना अन्र्तगत पाँच रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ र ५० रुपैयाँका उपहार कुपनहरु राखिएका छन् । उक्त नगद कुपनहरु नजिकको विक्रेताबाट पिठो खरिद गर्दा ग्राहकहरुले बिक्रेतालाई दिई छुट पाउन सकिने कम्पनीले जनाएको छ । साथै उक्त नगद कुपनहरु बाहेक बम्पर उपहार योजना अन्र्तगत साईकलका कुपनहरु पनि राखिएका छन् ।

शुद्घ गहंँुको कल्प चक्की पिठो प्रयोग गरि बढी भन्दा बढी ग्राहकहरु समावेश भई लाभान्वित हुन कम्पनीले आग्रह गरेको छ । यस उपहार योजना कात्तिक एक गतेदेखी पुस १५ गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।