• गृहपृष्ठ
  • सामसुङद्धारा “पावर अफ टेन” अफर सार्वजनिक

सामसुङद्धारा “पावर अफ टेन” अफर सार्वजनिक

Nov 5th, 2019

काठमाडौ कात्तिक १९
सामसुङले “पावर अफ टेन” नामक उत्कृष्ट योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो स्मार्टफोनहरु पहिलो पल्ट बजारमा ल्याएको १० वर्ष पूरा भएको उपलक्ष्यमा उक्त योजना सार्वजनिक गरेको हो । 

योजना अन्तर्गत ग्यालेक्सी नोट १०, नोट १० प्लस र एस १०, एस १० प्लस खरिद गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स ५१ प्रतिशत छुट सहित खरिद गर्न सक्नेछन् । छुट पश्चात् ग्यालेक्सी बड्स ६ हजार नौ सय ९० रुपैयाँमा खरिद गर्न सकिने छ । यो योजना ३ नोभेम्बर देखि १५ डिसेम्बर २०१९ सम्मको लागि लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।