• गृहपृष्ठ
  • नेपालइन्भेष्टमेण्ट बैंकद्धारा एनआईबिएल युनियन पे कार्ड प्रारम्भ

नेपालइन्भेष्टमेण्ट बैंकद्धारा एनआईबिएल युनियन पे कार्ड प्रारम्भ

Nov 5th, 2019

काठमाडौं, १९ कात्तिक 
नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र युनियन पे अन्तर्राष्ट्रिय कम्पनीका अध्यक्ष  चायजियाङबोबिच एनआईबिएल युनियन पे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको छ । 

नेपाल इन्भेष्टमण्ट बैंकले आफ्ना चाईना भ्रमणमा जाने ग्राहकहरु र चाईनाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरी नेपाल इन्भेष्टमेण्ट बैंकले अहिले युनियन पे डेविट, क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ भने क्युआर कोड मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको जानकारी कम्पनीले गराएको छ । 

नेपाल इन्भेष्टमेण्ट युनियनपे कार्डमार्फत सजिलै एटिएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेण्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ ।यस अवसरमा नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नेपाल सरकारद्धारा आयोजित नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गरी एनआईबिएल युनियन पे अन्तर्राष्ट्रिय कम्पनीले सहकार्य प्रारम्भ गर्न लागिएको जानकारी दिए ।  

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१८ मा चाईनाबाट १५३,६३३ चाईनिज पर्यटक नेपाल आएका थिए भने नेपाल भ्रमण वर्ष २०२० मा ३००,००० चाईनिज पर्यटक नेपाल आउने अपेक्षा राखिएको छ । युनियन पे अन्तर्राष्ट्रिय कम्पनी लि.को प्रधान कार्यालय चाईनाको सांघाई स्थित २०१२ मा स्थापित भएको थियो भने हाल यस कम्पनीले विश्वको १७७ देशमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ ।