• गृहपृष्ठ
  • महत्वाकांंक्षी राजस्व असुलीको चपेटमा सरकार, भन्सारमा लक्ष्य अनुरुप राजस्व असुली हुन सकेन

महत्वाकांंक्षी राजस्व असुलीको चपेटमा सरकार, भन्सारमा लक्ष्य अनुरुप राजस्व असुली हुन सकेन

Nov 5th, 2019

काठमाडौं, १९ कात्तिक 
राजस्व असुलीमा महत्वांकाक्षी लक्ष्य राखेको सरकार आफ्नो लक्ष्य भेटाउन असफल हुने देखिएको छ । २९ प्रतिशत राजस्व बढाउने सरकारको लक्ष्य भन्सार राजस्वमा आएको गिरावटले गर्दा सभंव नहुने देखिएको हो । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्ष ११ खर्ब १२ अर्ब रुपैयाँराजस्व संकलन गर्ने लक्ष्य राखिएको छ ।

जुन गत आर्थिक वर्षको लक्ष्य भन्दा २९ प्रतिशत बढी हो । गतवर्ष नै लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको सरकारले लक्ष्य धेरै लिएको भन्दै अर्थशास्त्रीले आलोचना गरेका थिए । तर सरकारले सुनेन । अर्थशास्त्रीले महात्वाकांक्षी भनेको राजस्व संकलन गर्न सरकार पहिलो तीन महिनामै चुकेको छ ।

सरकारले लक्ष्य अनुरुप राजस्व असुल गर्न नसकेको देखिएको छ । सरकारले असोज मसान्तसम्म २ खर्ब ५२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा २ खर्ब रुपैयाँ मात्र संकलन भएको छ । लक्ष्य नै महत्वाकांक्षी त छदैछ । साथै आयातमा आएको कमिले पनि राजस्वमा गिरावट आएको हो । पछिल्लो तीन महिनामा ब्यापार घाटा १२ दशमलव २ प्रतिशतले घटेको छ ।

मुलुकको अधिकांश राजस्व आयातीत सामानमा लागेको करबाट प्राप्त हुने गर्छ । यो वर्षको तीन महिनामा विदेशबाट आयात हुने बस्तु भने १० दशमलव ३४ प्रतिशतले घट्यो । जसका कारण सरकारले लक्ष्य अनुरुप राजस्व  असुल गर्न नसकेको देखिन्छ  ।

आयात घट्दा यसले भन्सार महसुलका साथै, भ्याट, अन्तशुल्क, यातायात शुल्क  र सेवा शुल्कमा पनि गिरावट ल्याउँछ । अहिले राजस्व भन्दा साधारण खर्च बढी छ । यसको अर्थ लक्ष्य अनुसार राजस्व संकलन नहुँदा साधारण खर्चका लागि पनि विदेशी ऋण र अनुदानमा भर पर्नुपर्ने हुन्छ ।

पूर्व अर्थसचिव शान्तराज सुवेदीका अनुसार कुल राजस्वको ५२ प्रतिशत हिस्सा भन्सार नाकामा उठ्ने गरेको छ । अर्थात कुल राजस्व मध्ये भन्सार नाकाहुँदै आएका सामानहरुबाट उठ्ने गरेको छ । आयातमा कमि ल्याए अनुसार देशमा यहाँको उत्पादन भने बढ्न सकेको छैन ।

आयातीत सामानमा लगाएको करबाट राजस्व धान्नु राम्रो भने होइन । तर आयातीत सामान रोक्दा देशमा उत्पादन बढाउन सके त्यसले बल्ल राजस्वमा योगदान गर्न  सक्छ । सरकारको अबको ध्यान व्यापार घाटा घटाउने मात्रै होइन आन्तरिक उत्पादन बढाउनेमा पनि केन्द्रित हुनुपर्ने देखिन्छ ।