• गृहपृष्ठ
  • प्रदेश प्रमुखको पदमुक्तिसँगै यी नेतालाइ प्रदेश प्रमुख बन्ने भाग्य जुर्यो

प्रदेश प्रमुखको पदमुक्तिसँगै यी नेतालाइ प्रदेश प्रमुख बन्ने भाग्य जुर्यो

Nov 4th, 2019

काठमाडौं, १८ कार्तिक 
सरकारले केही दिनमै नयाँ प्रदेश प्रमुखको नियुत्ति गर्ने तयारी गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

सातवटै प्रदेश प्रमुखहरुको पद सामय अघि नै अर्थात हिजो आइतबार समाप्त थयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।राष्ट्रपति कार्यलयका अनुसार मन्त्रीपरिषदको सिफारिशका आधारमा सातै प्रदेश प्रमुखलाई संविधानको धारा १६५ को उपधारा १ बमोजिम पदमुक्त गरिएको हो । सातै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो ।

यस निणय पछि सातैवटा प्रदेश प्रमुखको नाम टुङ्ग्याउन नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सोमबार विहानै देखि बसेको थियो । स्रोतका अनुसार आइतबार नै मन्त्रिपरिषद् बैठक बसी प्रदेश प्रमुखहरुहरुको नियुक्तिको तयारीमा थियो । 

तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पछाडि सारेर नेकपाको सचिवालय बैठकमा सरिक हुँदा सम्भव नभएपछि आजका लागि बैठक बोलाइएको स्रोतले बतायो  ।

को को छन्  प्रदेश प्रमुखको लागि सिफरिसमा पर्नेहरु :
सात जना प्रदेश प्रमुख पदमुक्तमा परेपछि नेकपाको सिफरिसमा परेका यी नेताको भने प्रदेश प्रमुख बन्ने भाग्य खुलेको छ । सिफारिसमा पर्नेहरुमा अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठी रहेका छन् । उनीहरु मध्ये  कुन प्रदेसमा कसलाई राख्ने टुंगो भने राष्ट्रपतिले गर्ने छिन् । 

प्रदेश प्रमुखमा सिफरिस भउका चितवनका अमिक शेरचन पूर्वउपप्रधानमन्त्री समेत हुन् । त्यस्तै कास्कीका सोमनाथ अधिकारी पूर्वसभासद हुन भने  तिलक परिवार पूर्वसभासद हुन् । यसैगरी प्रदेश प्रमुखमा सिफारिस भएका सिराहाका यादव नेकपाका केन्द्रीय सदस्य  हुन् ।

त्यस्तै बैतडीका गोविन्द कलौनी ०४८ मा शेरबहादुर देउवासँग चुनाव लडेका थिए भने  विष्णु प्रसाई मेचीनगर नगरपालिकाको मेयरको उम्मेदवार थिए । यसैगरी सिफारिसमा परेकी एकमात्र महिला चितवनकी त्रिपाठी तत्कालीन माओवादीसम्वद्ध वेपत्ता परिवार समाजको अध्यक्ष हुन् । 

प्रदेश प्रमुखको पदमुक्तिप्रति साझा पार्टीको विरोध :
सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई अनायासै पदमुक्त गरेको निर्णयप्रति साझा पार्टीले विरोध जनाएको छ । सो पार्टीले सरकारको पछिल्लो कदम प्रति ध्यानाकर्षण गराउँदै सो कदमलाई अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण भएको टिप्पणी समेत गरेको छ ।

सरकारको उक्त निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा भविष्यका लागि गलत नजिर स्थापित गर्ने प्रकृतिको गैरराजनीतिक कदम भएको पार्टीको जिकिर छ । यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन नसक्ने पार्टीको ठहर छ ।