• गृहपृष्ठ
  • एमसीसीद्वारा नेपाललाई २०२ रनको चुनौती

एमसीसीद्वारा नेपाललाई २०२ रनको चुनौती

Nov 4th, 2019

काठमाडौँ, १८ कात्तिक (रासस)

इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु २०२ रनको लक्ष्य प्रस्ततु गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गर्दै एमसीसीले ३९ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै २०१ रनको योगफल बनायो । एमसीसीका लागि विल रोड्स र बिली गोडलम्यानले अर्धशतक बनाए । रोड्सले ५४ रन तथा गोडलम्यानले ५२ रन बनाए । यस्तै विल भान्डरस्परले ३६, कोलुम ज्याकनले ११, एलेक्स थमसनले ११ तथा टम वेस्लेले १० रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि पवन शर्राफ र ललित राजवंशीले चार/ चार विकेट लिए । अविनाश बोहरा र करण केसीले एक/एक विकेट लिए ।  नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपाल भ्रमणमा रहेको एमसीसीको यो दोस्रो खेल हो । आइतबार सम्पन्न पहिलो खेलमा एमसीसीले उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीलाई ३८ रनले पराजित गरेको थियो ।