• गृहपृष्ठ
  • नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ निलम्वन

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ निलम्वन

Nov 4th, 2019

काठमाडौ, कात्तिक १८
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ निलम्वनमा परेकाछन । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा सोमबार बसेको बैंठकले श्रेष्ठमाथि लागेको अनियमितताको अभियोग उपर छानविन समिती गठन गरेसंगै श्रेष्ठ निलम्वनमा परेका हुन् । 

समितिमा राष्ट्र बैंकका सञ्चालक डा. श्रीराम पौडेल, रामजी रेग्मी र डा. सुवोध कुमार कर्ण रहेका छन् । समितीले एक महिनाभित्रमा डेपुटी गर्भनर श्रेष्ठमाथि लागेको अनियमितताको बारेमा छानबिन गरी समितीले प्रतिवेदन बुझाउने राष्ट्र बैंक श्रोतले जानकारी दिएको छ । श्रेष्ठमाथि बैंक तथा फाईनान्स कम्पनीहरुलाई खराव कर्जा लुकाउन सहयोग गरेको, सर्वोच्च अदालतमा मुद्धा परेको एनसेलको पक्षमा उभिएको लगायतका अभियोगहरु रहेको छ ।