विभिन्न धनमाल चोरी

Nov 4th, 2019

काठमाडौं, कात्तिक १८
तारकेश्वर नगरपालिका ४ लोलाङ हाईटस्थित माधव मरहठ्ठाको घरबाट आइतबार साँझ टिभी १ थान र चाँदीको थाली १ थान समेत गरी करिब १ लाख १५ हजार रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको छ । 

यसैगरी काठमाडौं महानगरपालिका ३० रातो पुल डेरा गरी बस्ने संखुवासभा घर भएकी संगिता थापाको कोठाबाट आइतबार साँझ सुनका गहना १ तोला, ल्यापटप १ थान र आईफोन १ थान समेत गरी करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको छ । 

पर्साको बीरगंज महानगरपालिका ८ रेशमकोटीस्थित एउटै घरमा बस्ने बिनोद कुमार गुप्ता र मनोज कुमार गुप्ताको छुट्टाछुट्टै कोठाबाट आइतबार राति घरमा कोही नभएको अवस्थामा दुवै जनाको गरी नगद ८ लाख रुपैयाँ र करिब १० तोला बराबरका सुनका गहना चोरी भएको छ ।  चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।