जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Nov 4th, 2019

काठमाडौं, कात्तिक १८
काठमाडौं महानगरपालिका १४ बल्खुस्थित ओम हरेराम सवारी काउन्टरभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका १ भिमिरे घर भएका ४० वर्षीय निरञ्जन रानामगर सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई एक बुक तास र नगद १४ हजार ५ सय ४० रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।