• गृहपृष्ठ
  • फिल्म ‘गुञ्जन’ मा नीताको आइटम डान्स हेर्नुहोस तस्विरहरुमा

फिल्म ‘गुञ्जन’ मा नीताको आइटम डान्स हेर्नुहोस तस्विरहरुमा

Nov 4th, 2019

काठमाडौं, १८ कात्तिक 
द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको फिल्म ’गुञ्जन’मा नायिका नीता ढुंगानाको आइटम डान्स रहने भएको छ । फिल्ममा समावेश ’कोही भन्छन् रसिली छु रे’ बोलको आइटम गीतमा निताले नृत्य गरेकी हुन् । अमृत मरहथाको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतमा बानिका प्रधानको स्वर रहेको छ । 

पोखरा स्थित म्याट्रिक्स अरिनामा तीन दिन लगाएर छायांकन गरिएको उक्त गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने छायांकन राजेश श्रेष्ठले गरेका हुन् । भिडियोमा नायिका नीता ढुंगाना सहित फिल्मका मुख्य कलाकार सरोज खनाल, प्रितम राज सेञ्चुरी र कविर खड्का फिचर्ड छन् । सो गीतको छायांकन सकिए संगै फिल्मको पोखरा सेड्युल सकिएको छ ।

फिल्मको बाँकि छायांकन काठमाडौँ र दुई गीतको छायांकन जोमसोम अथवा दुवईमा गरिने निर्देशक अष्ट महर्जनले बताएका छन् । फिल्मलाई फागुनको पहिलो हप्ता प्रदर्शनमा ल्याउने तयारी रहेको निर्देशक महर्जनले बताए । 

महेश दवाडीको कथा रहेको फिल्ममा कल्याण सिंह संगै अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ए.एच इन्टरटेनमेन्ट प्रा.ली.को ब्यानरमा हिरा कृष्ण शाहीको प्रस्तुती रहेको फिल्ममा हिरा कृष्ण स्वयम र सुनिता शाहीको लगानी रहेको छ ।