• गृहपृष्ठ
  • डेपुटि गभर्नर शिवराज श्रेष्ठको अनियमिततामा छानवीन गर्न राष्ट्र बैंकले समिति गठन गर्यो

डेपुटि गभर्नर शिवराज श्रेष्ठको अनियमिततामा छानवीन गर्न राष्ट्र बैंकले समिति गठन गर्यो

Nov 4th, 2019

काठमाडौं, कात्तिक १८
अनियमितताको आरोप लागेका नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न एक समिति गठन भएको छ । सोमबार बिहानै बसेको बैठकले उनि माथि अध्ययन गर्नका लागि सञ्चालक श्रीराम पौडेलको अध्यक्षतामा ३ सदस्यिय समिति गठन भएको छ । 

आइतबार बेलुका बसेको बैठकमा अर्थ मन्त्रालयबाट पत्र नआएपछि उनको विषयमा छलफल  हुन सकेको थिएन । त्यसैले राष्ट्र बैंकले फेरी सोमबार बिहानै सञ्चालक समितिको बैठक बोलाएको थियो । मन्त्रीपरिषद्ले उनिमाथि छानविन गर्ने निर्णय गरेको थियो ।   

बैंकको खराब कर्जा लुकाउन लुकाउनका सघाउदै आएको उनि माथि आरोप छ ।त्यसैगरि सर्वोच्चमा मुद्दा परेको एनसेललाई लाभांस लिन सघाएको र बैंकबाट रकम निकाल्न  व्यापारी अजेयराज सुमार्गीलाई  सघाएको  सरकारको आशंका छ ।