• गृहपृष्ठ
  • बेष्ट फाइनान्सद्वारा छठ पर्बका व्रतालुहरुलाई प्राथमिक स्वास्थ्य सेवा

बेष्ट फाइनान्सद्वारा छठ पर्बका व्रतालुहरुलाई प्राथमिक स्वास्थ्य सेवा

Nov 3rd, 2019

काठमाडौ, कात्तिक १७
बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको सहकार्यमा काठमाडौं, कमल पोखरीमा आयोजित छठ मेलाको अवसरमा प्राथमिक उपचार स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सो अवसरमा छठ मेलामा उपस्थित २०० भन्दा बढी व्रतालुहरुलाई आवश्यकता अनुसार प्राथमिक स्वस्थ्य सेवा उपलब्ध गराईएको बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

फाईनान्सले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सहभागिता जनाउदै आईरहेको तथा सो कार्य नियमित गर्दै जाने बताइएको छ  । काठमाडौंको कमलादिमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस फाइनान्स कम्पनीले १४ शाखा मार्फत देशका विभिन्न शहरहरुबाट आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाईएको छ ।