• गृहपृष्ठ
  • महालक्ष्मी बिकास बैंकले साफा अवार्ड पाउने

महालक्ष्मी बिकास बैंकले साफा अवार्ड पाउने

Nov 3rd, 2019

काठमाडौ, कात्तिक १७
महालक्ष्मी बिकास बैंकले साफा उत्कृष्ट बार्षिक बित्तीय प्रतिवेदन अवार्ड २०१८ पाउने भएको छ । बैंकलाई साउथ एशियन फेडरेशन अफ अकाउन्टेन्स (साफा) ले दक्षिण एशियाली राष्ट्रका बित्तीय सेवा क्षेत्रका संस्थाहरुको पारदर्शिता, जवाफदेयिता र शुुसासन सुधार गर्ने हेतुुले बार्षिक प्रतिवेदन मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट बार्षिक बित्तीय प्रतिवेदन अवार्ड २०१८ प्रदान गर्न लागेको हो । 

उक्त अवार्ड नोभेरम्वर ३०, २०१२९ मा बंगलादेशको ढाकामा भएको एक समारोहकाबिच प्रदान गरिने भएको छ । नेपाल चार्टड अकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिएको विकास बैैंक तर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ प्राप्त गरे लगत्तै बंैकले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड – २०१८ पनि प्राप्त गर्न लागेको हो । आगामी दिनहरुमा संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासनमा अभिवृद्धि गरी अझै उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गर्न बंैक सधै प्रयासरत रहने प्रतिवद्धता जनाएको छ ।