• गृहपृष्ठ
  • लावस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

लावस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

Nov 3rd, 2019

काठमाडौं, कात्तिक १७
लावस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १२ सिग्रेनी सोल्टी चोक बस्ने ५० वर्षीय विजय थिङ् लामा र उनकी श्रीमती ५० वर्षीया सजना थिङ् लामालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुले वैदेशिक रोजगारको सिलसिलामा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भन्दै विश्वा समा पारी लावस पठाइदिन्छु भनि विभिन्न प्रलोभनमा पारी विभिन्न मितिमा नगद २४ लाख २० हजार रुपैयाँ लिई ठगी गरी लावस र भारतको दिल्लीसम्म पुर्यायई अलपत्र पारी सम्पर्क विहीन भई फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका १२ सिग्रेनीमा फेला पारी पक्राउ गरेको हो ।  

उनीहरुलाई थप आवश्यटक अनुसन्धान तथा कारवाहीको लागि आइतबार महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।