• गृहपृष्ठ
  • मन्त्रिपरिषद बैठकः मेडिकल काउन्सीलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त, साँझ पुनः बोलाइयो आकस्मीक बैठक

मन्त्रिपरिषद बैठकः मेडिकल काउन्सीलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त, साँझ पुनः बोलाइयो आकस्मीक बैठक

Nov 3rd, 2019

 काठमाडौं १७ कार्तिक 

प्रधानमन्त्री उपचारबाट फर्किए लगत्तै बसेको मन्त्रिपरिषद बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ  ।  आइतबार प्रधानमन्त्रीले आफ्नै निवासमा डाकेको  मन्त्रिपरिषद बैठकले सो  निर्णय गरेको हो ।

कोइरालाले  शिक्षण अस्पताल महाराजगञ्ज र मनमोहन कार्डियोथोर्या्सिक सेन्टरमा नेतृत्वदायी भुमिकामा रहेर काम गरेका छन् । साथै गंगालाल अस्पताललाई मुटु रोग उपचारको केन्द्र बनाउन कोइरालाको उल्लेख्य योगदान दिएका छन् । 

बैठक अघि प्रधानमन्त्री केपी ओली महाराजगञ्जस्थित  त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा गएर हेमोडायलासिस गरेर फर्किएका थिए ।  

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कमजोर भएर अघिल्लो हप्ता ग्राण्डी अस्पतालमा दुई पटक उपचार भैसेको छ । त्यसपछि उनले निवासमै मन्त्रिपरिषदको बैठक बोलाएका थिए । बैठकका अन्य निर्याय सार्वजानिक विहीबार मात्र गर्ने वताइएको छ । 

नियमित पछि आकस्मीक वैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहानको डेड घण्टा लामो बैठक सकिइ लगत्तै साँझ  फेरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

विहानको बैठकमा केही एजेण्डामा छफफल गर्न बाँकी भएकोले प्रधानमन्त्री ओलीले साँझ  छ बजेका लागि बैठक बोलाएको स्रोतले जानाकारी  दिएको छ ।